पोर्चुगलमा भएको २१औं विश्व केम्पो च्याम्पियनसिप २०२५ नेपालकी अन्जना शाहीले दुई पदक जितेकी छिन्।
उनले शनिबार ६० केजी तौल समूहमा कास्य पदक जितेकी थिइन्। यसअघि उनले ५० केजीमा पनि कास्य नै हात पारेकी थिइन्।
यसअघि नेपालका लागि विपेश थापाले पनि दुई पदक जितेका थिए। उनले पनि दुवै पदक कास्य जितेक हुन्।
पदक जितेका दुवै खेलाडी पाँचौ डानप्राप्त हुन्।
प्रतियोगितामा विश्वभरका १०८ देशका खेलाडीको सहभागिता रहेको छ।