पोर्चुगलमा भइरहेको २१औं विश्व केम्पो च्याम्पियनसिप २०२५ नेपालले तीन पदक जितेका छ।
नेपालका लागि विपेश थापाले दुई पदक जित्दा अन्जना शाहीले एक पदक हात पारेकी छन्।
विपेशले ७० केजी तौल समूहमा कास्य जितेका हुन्।
अन्जनाले सिनियर वेट क्याटागोरीअन्तर्गत ५० केजीमाथिमा कास्य जितेकी हुन्।
पदक जितेका दुवै खेलाडी पाँचौ डानप्राप्त हुन्।
प्रतियोगितामा विश्वभरका १०८ देशका खेलाडीको सहभागिता रहेको छ।

