एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक मंगलबार राति जाँदैछ।।
अप्रिल २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्ने छन् । घरेलु प्रतियोगितामा विकास नेपाल प्रहरी, विशेष एपीएफ र विपिन नेपाल आर्मीबाट खेल्छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुने छन् । दवीकी बन्दी सहायता नियोग (पाम), मनीता प्रहरी र रञ्जना एपीएफका हुन् । ओलम्पिक समेत खेलिसकेकी मनीता पनि पामकै उत्पादन हुन् ।
अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापा मगर रहेका छन् । आईटीका रुपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसंगै थाइल्यान्ड गएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रममा मोबिजिल्लाले प्रायोजन गरेको ट्रयाक सुट, एयर पोड र डिस्काउन्ट भौचर पनि प्रदान गरिएको थियो ।
प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।