नेपाली बक्सर लालप्रसाद उप्रेतिले भुटानको थिम्पुमा जारी फोर नेशन्स इन्टरनेशनल बक्सिङ च्याम्पियनसिपमा विजयी भएका छन्।
उप्रेतीले ४८ केजी तौल समूहमा भारत सिक्किम)का दुर्गाप्रसाद शर्मालाई ५ः० अंकको आधारमा फराकिलो जित हासिल गरेका हुन्।
नेपाल, भारत, बगांलादेश र भुटानको खेलाडीहरुको सहभागितामा आयोजित फोर नेशन्स ईन्टरनेशनल बक्सिङ च्याम्पियनशिप–२०२५ मा नेपालबाट सहभागी ४८ केजी तौल समुहकी रमिशा श्रेष्ठ ४ः१ अंकको आधारमा यासिका राई भारत (सिक्किम) सँग प्रतिस्पर्धात्मक हार व्यहोरेको नेपाल बक्सिगं महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।