जैशीदेवलकाद्वय रोजिन प्रजापति र अन्जिला मोक्तानले पाँचौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । यु–१७ एकल पुम्सेको पुरुषमा रोजिन र महिलामा अन्जिला पहिलो भएका हुन् ।
स्युचाटारमा भएको प्रतियोगिताको पुरुषमा नागर्जुन नगरपालिका अर्जुन श्रेष्ठ दोश्रो तथा चन्द्रागिरी नगरपालिकाका रिजन मोक्तान र काठमाडौं महानगरपालिकाका पेम्बा घिसिङ तेश्रो भए । महिलामा गोदावरी नगरपालिकाकी सरगम थापा दोश्रो तथा विदुर नगरपालिकाकी कौशिला तामाङ र नागर्जुनकी रोशनी शाह तेश्रो बने ।
काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा जैशीदेवल युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको एकल पुम्सेको यु–१४ पुरुषमा काठमाडौंका साजन लामा पहिलो, गोदावरीका दिप्सन महर्जन दोश्रो तथा कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ र महालक्ष्मी नगरपालिका आयुश मटे तेश्रो स्थानमा रहे ।
सोही स्पर्धाको महिलामा महालक्ष्मीकी युनिशा राना मगरले स्वर्ण, काठमाडौंकी शिरीष तामाङले रजत तथा गोदावरीकी प्रकृति प्रोज र कागेश्वरीकी नेरिया श्रेष्ठले कांस्य जिते ।
प्रतियोगिताको ग्योरोगीमा १६ र पुम्सेमा ४ गरी २० स्पर्धामा आयोजकको २ सहित २० टिमका ४ सय ३५ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । ग्योरोगी र पुम्सेमा उत्कृष्ट हुने ४ खेलाडीले जनही १ सय ५० अमेरिकी डलर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई समान १–१ सय अमेरिकी डलर प्रदान गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।