दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी चयन भएका छन्।
अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु-१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र हिमाल विस्ट तथा गल्र्समा इभाना थापा, बिका राई र योन्जी पौडेल चयन भए।
पुरुषमा रुविन महजन र महिलामा दिया देउवा वैकल्पिकमा छन्।
यसैगरी यू-१५ उमेर समूहमा ब्वाइजमा प्रजित भट्टराई, ज्यस्नु महर्जन र आर्यन शाही तथा गल्र्समा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन र सुरम्या शाक्यले छनोट चरण पार गरे।
पुरुषतर्फ रिजन शाक्य र महिलातर्फ सिर्या शाक्य वैकल्पिकमा छन्।
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता नेपालमै अप्रिल २४ देखि २७ तारिखसम्म हुँदैछ ।