अस्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनसिपमा नेपालकी एरिका गुरूङले स्वर्ण पदक जितेकी छन्।
शुक्रबारदेखि भएको प्रतियोगितामा एरिकाले ६८ केजीमाथि तौल समूहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन्।
एरिका एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता खेलाडी हुन्।
यस्तै ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली सिड्नी गएको थियो।