तेक्वान्दो प्रशिक्षक तुलसी गुरूङ नवौं डान प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्।
विश्व तेक्वान्दोको हेडक्वाटर कुकिवानले लिएको परीक्षा पास गर्दै उनी नवौं डान प्राप्त गर्ने पहिलो तेक्वान्दोकर्मी बनेका हुन्।
हाल हङकङमा बस्दै आएका उनले गत डिसेम्बरमा नवौं डानको परीक्षा दिएका थिए। सो परीक्षामा उनी सफल भएका हुन्।
गुरुङले यसअघि गत डिसेम्बरमा नौ वर्षको प्रतिक्षापछि नवौं डानको परीक्षा दिएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए।
जसको नजिता मार्चमा आएको हो। यसअघि आठौं डान लिने नेपाली मूलका तेक्वान्दो प्रशिक्षकमा उनीसँगै अमेरिकामा रहेका दिवाकर महर्जन थिए।
६३ वर्षीय गुरुङले हङकङमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएका छन्।
तेक्वान्दोको स्तर मापन गर्ने डान पाउन सजिलो छैन। विभिन्न परीक्षा पास गरेपछि विश्व तेक्वान्दोले यो प्रमाणपत्र दिन्छ।