अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार २०२४ नेपालका पार्कर खेलाडी र १८ पटकका गिनीज विश्व रेकर्ड होल्डर दिनेश सुनारलाई खेल क्षेत्रबाट समाजमा पुर्याएको उत्कृष्ट योगदानका लागि प्रदान गरिएको छ।
दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन प्रयोग गरेका छन्।
यो पुरस्कार मार्फत दिनेश सुनारको सम्मानले नेपाली युवाहरूलाई प्रोत्साहित गर्ने र समाजमा सकारात्मक प्रभाव पार्दै आफ्नो सपना पछ्याउन प्रेरित गर्ने उनको भूमिकालाई उजागर गरेको छ, जुन मदर टेरेसाको सेवाभाव र करुणाको उत्तराधिकारसँग मेल खान्छ।
सधैं झै यस बर्षपनि उक्त अवार्ड बाट १००१ जना विश्वभरी बाट सम्मानित भएका छन् । भारतका डा. बेनेट फरनान्डेज , मेक्सिकोकि रिता अगुईलर गोन्जालेज, सिङापुरकि डा.म्यारी एङ, अमेरिकाकी डा.लिनोरा पिटरसन, जिम्बाबेकि डा.प्याटृसिया गोन्डे, बेलायतकि अलिसन चिवारा गरि आफ्नो समाजमा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका ब्यक्तिहरु सम्मानित भएका हुन्।
पुरस्कारपछि दिनेशले भने, ‘विश्वभरीका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक ब्यक्तित्वहरुसंगै आफू पनि सम्मानित हुन पाउँदा आफुले गरेको मेहनतले आज सार्थकता पाएको महसुस भएको छ , नेपाललाई विश्वभर चिनाउन म अहोरात्र प्रयास गरि रहने छु।’
'स्वर्ण भारत परिवार' ले प्रदान गर्ने अ’न्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार’ समाजमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गर्न समर्पित एक पुरस्कार हो।
विशेष गरी मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिनेहरूलाई। मदर टेरेसाको नाममा राखिएको यो पुरस्कारले विशेष गरी वञ्चित वर्गका लागि देखाएको उनीको करुणा र निःस्वार्थ सेवाको सम्मान गर्न खोज्दछ।