सातौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप सुरू भएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारत र पाकिस्तानबीच प्रतियोगिताको उद्घाटन खेल भएको छ भने खेलमा भारतले २ गोल हानेको छ।
खेलको उद्घाटन सत्रमा उपप्रधानमन्त्री प्रकाशमान सिंहको उपस्थिति रहेको थियो।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बंगालादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन्। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ।
तस्बिरहरूः