ताजिकिस्तानसँग नेपाल ३–० ले पराजित


एएफसी एसिया कप २०१९ छनोट अन्तर्गतको खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ।

ताजिकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भएको खेलमा ताजिकिस्तानले ३–० ले नेपाललाई पराजित गरेको हो। तीनै गोल पेनाल्टीमा भएका थिए। ताजिकिस्तानले २०, ६० र ८७ औँं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो।

भदौ २० गते काठमाडौंमा भएको खेलमा नेपालले घरेलु मैदानमै २-१ को हार व्यहोरेको थियो।

आजको खेलमा नेपालको कप्तानी विराज महर्जनले सम्हालेका थिए। छनोट चरणमा हालसम्म खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा बराबरी गर्दै नेपाल समूह एफको अंकतालिकामा पुछारमा छ । नेपालले अब फिलिपिन्स र यमनसँग खेल्नेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.