युइएफए नेसन्स लिग २०२५ को सेमिफाइनलमा स्पेनले फ्रान्समाथि ५–४ को रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
जर्मनीको स्टुटगार्टमा सम्पन्न खेलमा स्पेनले आक्रामक सुरुवात गरे पनि फ्रान्सले खेलमा फर्कन कोशिस गरेको थियो।
१७ वर्षीय लामिन यामाल स्पेनका लागि खेलको नायक बने। उनले दुई शानदार गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। यामालको ५४ र ६७ मिनेटमा गोल गरेका थिए।
त्यसअघि स्पेनका लागि निकोलस विलियम्स, मिकेल मेरिनो र पेड्रील गरेका थिए।
खेलमा स्पेनले कुने बेला ४-० गोलको अग्रता लिए पनि फ्रान्सले ५९ मिनेटपछि ४ गोल फर्काएको थियो। तर योबीचमा यामलले एक गोल गर्दा स्पेनले जित निकाल्न सफल भयो।
फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमार्फत एक गोल गरे भने रायन चेरकी र रान्डल कोलो मुआनीले अन्तिम समयमा गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए। स्पेनका डानी विवियनको आत्मघाती गोलले पनि स्कोर ५–४ बनाएको थियो।
यो जितसँगै स्पेन तेस्रो पटक युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको हो। २०२१ मा फाइनलमा पराजित भएको स्पेनले २०२३ मा उपाधि जितेको थियो। अब,२०२५ मा पोर्चुगलसँगको फाइनल खेलमार्फत स्पेन उपाधि रक्षा गर्ने योजनामा छ। स्पेन र पोर्चुगल आइतबार राति उपाधिका लागि भिड्नेछन्।