नेपाल र ताजिकिस्तानबीच फुटबल सुरू


एशियन कप छनोट प्रतियोगितामा नेपाल र ताजिकिस्तानबीच खेल सुरु भएको छ।

खेल ताजिकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भइरहेको हो। ताजिकिस्तान आज नेपालमाथि दोस्रो जीत निकाल्दै छनोट सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।

नेपालले भने ताजिकिस्तानविरूद्ध हारको बदला लिँदै छनोटको सम्भावना जिवित राख्ने लक्ष्य लिएको छ। भदौ २० गते काठमाडौंमा भएको खेलमा नेपालले घरेलु मैदानमै २-१ को हार व्यहोरेको थियो।

आजको खेलमा नेपालको कप्तानी विराज महर्जनले सम्हाल्ने छन्। समूह एफमा नेपाल एक अंकसहित अंक तालिकाको पुछारमा छ। नेपालले अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा बराबरी र दुईमा हार व्यहोरेको छ। ताजिकिस्तान भने भदौ २० को खेलमा नेपाललाई हराउँदै ३ अंक जोडेर तेस्रो स्थानमा छ।

अन्य दुई खेलमा उसले पनि हार व्यहोरेको छ। यो समूहमा ७ अंक भएको फिलिपिन्स पहिलो स्थानमा र ५ अंक भएको यमन दोस्रो स्थानमा छन्। सबै टोलीले अहिलेसम्म ३-३ खेल खेलेका छन्। समूहका शीर्ष दुई टोलीले एशियन कप छनोट खेल्न पाउँछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.