यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपाललाई

तस्बिरः एन्फा


नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि जितेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार सम्पन्न अन्तिम खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

दिनेश हेन्जनले खेलको सुरूमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

दिनेशले नै खेलको ३५ औं मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोल अन्तरको अग्रतामा पुर्‍याएका थिए।

प्रतियोगितामा ४ खेल खेलेको नेपालको तीनमा जित र एकमा हार भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.