नेपालमाथि इराकको संघर्षपूर्ण जित (तस्बिरमा)

इराकविरूद्ध प्रतिश्पर्धा गर्दै नेपाली यु १६ का खेलाडीहरू। तस्बिरः नारायण महर्जन


काठमाडौंमा जारी एएफसी यु-१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल इराकसँग पराजित भएको छ।

सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको समूह ‘डी’को दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन इराकले नेपाललाई १ – ० ले पराजित गरेको हो।

इराकका सलाह गाजीले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। नेपालका गोलकिपर विशाल सुनारको गल्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए। डिफेन्डरले छोडिदिएको बलमा विशालले बल नियन्त्रणमा लिन ढिलो गरेपछि सलाहले बल खोसेर गोल गरेका थिए। चार टिम रहेको समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ।

हेर्नुहोस् तस्बिरमा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.