अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
उनलाई साफ महिला च्याम्पियनसिपमा २०२६ सम्मका लागि नियुक्त गरिएको छ।
यसअघि विवादका कारण एन्फाले वेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइन्डलाई हटाएको थियो। त्यसपछि रिक्त भएको पदमा न्यौपानेलाई नियुक्त गरिएको हो।
न्यौपाने यसअघि नेपाली यू-२३ फुटबल टोलीका प्रशिक्षक थिए।
नवनियुक्त प्रशिक्षक न्यौपानेलाई एन्फा महासचिव किरण राईले बिहीबार नियुक्त पत्र हस्तन्तरण गरे।
टोलीको सहायक प्रशिक्षकमा भगवती खत्री र राजकुमार केसी नियुक्त भएका छन्।
यस्तै बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियो र विकास गुरुङ किट म्यानेजरमा निरन्तर छन्।