ब्राजिलका युवा स्ट्राइकर इङ्लिस क्लबमा


ब्राजिलको युथ–२० टोलीका स्ट्राइकर रिचार्लिसनले इङ्लिस क्लब वार्टफोर्डबाट खेल्ने अनुमति पाएका छन्। उनको वर्क परमिट स्विकृत भएको छ।

२० वर्षीय रिचार्लिसन पाँच वर्षका लागि ब्राजिलको फ्लुमिनेन्सबाट १ करोड १० लाख पाउन्डमा वार्टफोडमा अनुबन्धित भएका थिए।

फ्लुमिनेन्सबाट ६७ खेल खेल्ने क्रममा उनले १९ गोल गरेका थिए। उनले ब्राजिलको युथ टिमबाट ८ खेलमा २ गोल गरेका छन्।
वार्टफोर्डले प्रिमियर लिगको अभियान शनिवार लिभरपुलविरुद्धको खेलबाट सुरु गर्दैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.