नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज एएफसी एसियन कपअन्तर्गत समूह ‘एफ’ को छनोटमा आफ्नो पहिलो खेल खेल्दैछ।
उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्न लागेको हो।
नेपाल र लाओसको महिला टोलीबीच नेपाली समयअनुसार साँझ सवा छ बजे खेल सुरु हुनेछ।
समूहमा नेपालका लागि लाओस नयाँ प्रतिद्वन्द्वी हो। दुवै महिला टोली अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन्।
फिफा वरीयताको आधारमा लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन।
लाओस महिला फिफा वरीयतामा १०७औं स्थानमा छ। नेपाल भने १००औं स्थानमा रहेको छ।
यो खेल नेपाली महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत हो।
समूहमा नेपालले यो खेललाई महत्वपूर्ण रुपमा लिएको छ। खेलको नतिजाले नेपालको एसियन कप छनोट यात्रालाई प्रभाव पर्नेछ।
समूहमा नेपालले बुधबार श्रीलंका र शनिबार उज्वेकिस्तानसँग खेल्नेछ। यो समूहमा शीर्ष स्थान हात पारे मात्र नेपाल एसियन कपमा छनोट हुनेछ।