अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले २०८० मा सकिएको सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा थ्रीस्टार क्लबले हात पारेको नतिजा उल्टाउने निर्णय गरेको छ।
सो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १-० गोलले हराएको थियो। सो जितसँगै थ्रीस्टार रेलिगेसनबाट बचेको थियो।
थ्रीस्टार रेलिगेसनबाट बच्दा सशस्त्र प्रहरी बलको एपिएफ क्लब भने रेलिगेसनमा परेको थियो।
त्यसपछि एपिएफले एन्फाम उजुरी गर्दै थ्रीस्टारले भिसा सकिएका विदेशी खेलाडी खेलाएको दाबी गरेको थियो। एपिएफले दुई विदेशी खेलाडी पिटर र मार्टिन्सको भिसा सकिए पनि खेलाएको दाबी गरेको थियो।
छानविनका क्रममा उनीहरुको भिसाको म्याद सकिएको पाइदएको थियो। यद्यपी एन्फाले थ्रीस्टारलाई जरिवाना मात्र गरेको थियो।
त्यसपछि फेरि अपिल गरिदा एपिएफको पक्षमा अपिल कमिटीले निर्णय गरेको हो।
यो निर्णय एन्फाबाट थ्रीस्टारसहित जावलाखेल र एपिएफलाई पठाइएको एन्फा स्रोतले बतायो।
यससँगै पूर्व च्याम्पियन थ्रीस्टार बी डिभिजनमा झर्ने भएको छ। नजिता उल्टाएर जावलाखेललाई जित दिइएको छ।
यसले १३औं स्थानमा झर्के थ्रीस्टारको २९ अंक हुँदा १२औं स्थानमा उक्लने एपिएफको ३० अंक हुन्छ। पुछारको खुलमटारको २७ अंक थियो।