इंग्लिस क्लब चेल्सीले विङ्गर जेडन सान्चोलाई स्थायी रूपमा अनुबन्ध नगर्ने निर्णय गरेको छ। चेल्सीले उनलाई म्यानचेस्टर युनाइटेड फिर्ता पठाउन ५ मिलियन पाउन्ड जरिवाना तिर्नेछ।
यद्यपी चेल्सीले फ्रान्सका गोलकिपर माइक मेनियानलाई अनुबन्ध गर्न एसी मिलानसमक्ष आफ्नो रुचि व्यक्त गरेको छ।
युनाइटेडका पूर्व प्रशिक्षक एरिक टेन ह्यागसँग उनको सम्बन्ध बिग्रिएपछि सान्चो गत समरमा लोनमा चेल्सीमा गएका थिए।
युनाइटेडले २०२१ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सान्चोलाई ७३ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।
चेल्सीले सान्चोका लागि कुनै लोन शुल्क तिरेको थिएन र उनको प्रति हप्ता ३ लाख पाउन्ड भनिएको तलबको आधा मात्र बेहोरेको थियो।
प्रिमियर लिगमा १४औं स्थानभन्दा माथि रहेमा सान्चोलाई लगभग २५ मिलियन पाउन्डमा किन्नुपर्ने वा सम्झौताबाट बाहिरिन भुक्तानी गर्नुपर्ने बाध्यकारी सम्झौता गरेको थियो। तथापि, क्लब र खेलाडीका प्रतिनिधिहरू सान्चोका लागि सम्झौतामा सहमत भएननन्। जसले युनाइटेडमा रहेको आफ्नो सम्झौताबाट तलब कटौती गर्नुपर्ने थियो।
इंग्ल्यान्डका फरवार्ड सान्चोको युनाइटेडसँगको सम्झौतामा एक वर्ष बाँकी छ। उसले अझै डर्टमन्डलाई १७ मिलियन पाउन्ड तिर्न बाँकी छ।
सान्चोले रियल बेटिसविरुद्धको ४-१ को जितमा गोल गरे जसले चेल्सीलाई कन्फरेन्स लिग (फेब्रुअरी २०२२ पछिको उनीहरूको पहिलो उपाधि) जित्न मद्दत गरे। उनले ४२ खेलमा पाँच गोल र १० असिस्टका साथ सिजनको अन्त्य गरे।
उनी चेल्सीसँग ३० जुनसम्म अनुबन्धित छन्, अमेरिकामा यसै महिना हुने क्लब विश्वकपमा चेल्सीका लागि खेल्ने सम्भावना कम छ।