नेपाली फुटबल इतिहासको बारेमा लेखिएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण गरिएको छ।
खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्याले आइतबार बिमोचन गरे।
पुस्तकमा नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको कथासहित नेपाली फुटबलको सुरुवाती इतिहासबारे उल्लेख गरिएको छ।
पुस्तक विमोचन गरेका शाक्य दुवै स्वर्ण जित्दा नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए।
नेपाली फुटबलको इतिहास समेटेर लेखिएको यो पहिलो पुस्तक हो।
यसअघि पत्रकार नवीन आर्यालले नेपाली खेलकुदको इतिहासबारे ‘नेपाली खेलकुदको वृत्तान्त’ नाम पुस्तक लेखेका थिए।
पुस्तक बुकहिलले प्रकाशन गरेको हो।
पुस्तक लोकार्पण गरेपछि लेखक हिमेशले आफ्नो सपना पूरा भएको भन्दै परिवारसहित सबै शुभचिन्तकलाई धन्यवाद दिए।