नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेलको तयारीअघि  दोस्रो चरणकव टोलीमा खेलाडीको संख्या ३१ जनामा झारेका छन्। 
नेपालले बैंककमा दुई खेल खेल्ने तय छ।  मे ३० मा प्रशिक्षण खेल र त्यसपछि जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। 
यी खेलहरू जुन ४ देखि सुरु हुने एएफसी महिला एसियाली कप अष्ट्रेलिया २०२६ छनोटको लागि टोलीको तयारीमा लागि खेल्न लागिएको हो। 
नेपालले छनोटमा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग खेल्नेछ। उज्वेकिस्तानमा हुने समूह विजेता एसियाली कपमा छनोट हुनेछ।
नेपाली टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, लिला जोशी
डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैशी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी, सबिना चौधरी
मिडफिल्डरः रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हिमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, मिना देउवा, ममता पुन, पूर्णिमा राई