डर्टमन्डसँग दोस्रो लेगमा पराजित भएको बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
गएराति भएको खेलमा बार्सिलोना ३-१ गोलले पराजित भएको थियो। एक गोल पनि डर्टमन्डबाटै आत्मघाती गोल भएको थियो।
पहिलो लेगमा बार्सिलोनाले घरेलु मैदान डर्टमन्डविरूद्ध ४ गोल हानेको थियो। पहिलो लेगको उक्त स्कोरका कारण दोस्रो लेगमा पराजित भए पनि बार्सिलोना एग्रिगेटमा ५-३ गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो।
गएराति डर्टमन्डको घरेलु मैदानमा विजयी हुँदा सेरहाउ गुइरासीले ह्याट्रिक गरे।
उनले ११ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। त्यसपछि ४९ मिनेट र ७६ मिनेटमा उनैले गोल गरे।
रामी बेन्सबेइनीले ५४ मिनेटमा आत्मघाती गोल गरेका थिए।
गएराती नै भएको खेलमा एस्टन भिल्लालाई एग्रिगेटमा ५-४ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको छ।
दोस्रो लेगमा भने पिएसजी २-३ गोलले पराजित भयो। पहिलो लेगमा ३-१ गोलले एस्टन भिल्ललाई पराजित गरेको थियो।
आज रियल मड्रिड र आर्सनल तथा इन्टर र वायर्न म्युनिखले पनि दोस्रो लेग खेल्दैछ।