पोखरा थन्डर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा पुगेको छ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० गोलले पराजित गर्दै पोखराले शीर्ष चारमा स्थान पक्का गरेको हो।
पोखराका लागि आयुष घलानले दशौं मिनेटमा पहिलो गोल गरे। बियान्सी विलियम्सले ५८ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
जितसँगै पोखराले ६ खेलबाट ८ अंक जोडेको छ।
यसअघि शीर्ष स्थानको धनगढी एफसी र दोस्रो स्थानको ललितपुर सिटी एफसीले पनि प्लेअफमा स्थान बनाएका थिए।
धनगढी र ललितपुर दुवैले पाँच पाँच खेलबाट ११-११ अंक जोडेका थिए।