साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ।
शनिबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीमाथि २-० गोलको जित निकालेर ललितपुरले अन्तिम खेलअघि प्लेअफमा स्थान बनाएको हो।
ललितपुरको ५ खेलबाट ११ अंक भएको छ। ललितपुरलाई प्लेअफमा पुर्याउने क्रममा शनिबार दशरथ रंशगालामा अनन्त तामाङले २३ मिनेट र सन्तोष खत्रीले ८८ मिनेटमा गोल गर्न सफल भए।
यता आजको हारपछि बुटवल अझै जितविहीन छ। उसले पाँच खेलमा चार हार ब्यहोर्दा १ बराबरी खेलेको छ। यता दिनको पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्सले एक एक गोलको बराबरी खेले।
झापाले लगातार चौथो खेलमा बराबरी खेलेको हो भने पोखराले दोस्रो बराबरी खेल्यो। पोखरा ५ अंक जोड्दै चौथो स्थानमा रहदा झापा ४ अंकसहित पाँचौ स्थानमा छ।