नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसीले लगातार तेस्रो खेलमा बराबरी खेलेको छ।
झापाले आइतबार दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको एफसी चितवनलाई १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको २८औं मिनेटमा तोरिक जर्विनको गोलबाट चितवनले अग्रता लियो।
तर दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा झापाले बराबरी गोल फर्काउँदै सम्भावित हार टार्यो।
चितवनलाई बराबरीमा रोक्ने क्रममा झापाका अल्हाजी गेरोले ९०+४ मिनेटमा गोल गरे। जससँगै चितवनले झापासँग अंक खोस्यो।
यसअघि लगातार दुई खेलमा जित निकालेको शीर्ष स्थानको चितवनको यो पहिलो बराबरी हो। यसअघि चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोल र पोखरा थन्डर्सलाई २-० गोलले हराएको थियो।
झापाले भने काठमाडौं र बुटवलसँग गोलरहित बराबरी खेलेको थियो। झापाले पहिलो पटक गोल गर्दा पहिलो गोल समेत खायो।
चितवनले पनि अघिल्ला दुई खेलमा क्लिनसिट राख्दा पहिलो पटक गोल खायो।