पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार चौथो पटक फ्रेञ्च लिग वानको उपाधि जितेको छ।
लिगको ६ खेल बाँकी रहदै पिएसजीले उपाधि जितेको छ। पिएसजीको २८ खेलबाट ७४ अंक रहदा दोस्रो स्थानको मोनाकोको ५० अंक छ। शनिबार एन्जर्ससँग बराबरी गरे पनि लिग जित्ने पिएसजीले १-० गोलको जित निकाल्यो। लिग जितेपछि प्रशिक्षक लुइस एनरिकले सिजन अपराजित अन्त्य गर्ने प्रयास गर्न प्रेरित भएको बताएका छन्।
बाँकी छ खेलमा जित निकाले पिएसजीले युरोपको शीर्ष पाँच लिगहरूबाट सम्पूर्ण लिग सिजन अपराजित रहने सातौं टोली बन्नेछ। २०२४ मा बायर लेभरकुसेन, २०१२ मा युभेन्टस, २००४ मा आर्सनल, १९९२ मा एसी मिलान, १९७९ मा पेरुगिया र १८८९ मा प्रेस्टन नर्थ एन्ड लिग जित्ने क्रममा अपराजित थिए।
च्याम्पियन्स लिगको अन्तिम १६ मा लिभरपुललाई हराएको पिएसजीले सेमिफाइनलमा स्थान बनाउन एस्टन भिल्लाको सामना गर्नेछ। मे महिनाको अन्त्यमा रेम्स विरुद्ध कप डे फ्रान्सको फाइनल पनि हुनेछ।
फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी ओस्मान डेम्बेले यो सिजन पिएसजीमा उत्कृष्ट लियमा छन्। उनले सबै प्रतियोगिताहरूमा ४० खेलहरूमा ३२ गोल गरेका छन्।
पिएसजीले बुधबार च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टिन भिल्लासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।