स्पेनिस ला लिगमा बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ।
शनिबार बार्सिलोनाले रियल बेटिससँग १-१ गोलको बराबरी खेलेको थियो।
बार्सिलोनाले गाभीको गोलबाट सातौ मिनेटमा अग्रता लिए पनि रियल बेटिसका नातनले १७औं मिनेटमा बराबरी गोल फर्काए।
बार्सिलोना बराबरीमा रोकिएको दिन दोस्रो स्थानको रियल म्याड्रिड भने पराजित भयो।
रियललाई भ्यालेन्सियाले २-१ गोलले हरायो। १५ मिनेटमा डियाखाबीको गोलबाट भ्यालेन्सियाले अग्रता दिलाएका थिए। तर रियलका भिनिसियस जुनियरले ५० मिनेटमा बराबरी गोल गरे।
दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा हुगो डुरोले गोल गरेपछि भ्यालेन्सियाले रोमाञ्चक जित निकाल्यो।
अंक तालिकामा ३० खेलबाट ६७ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियलको ६३ अंक छ। एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ५७ अंक जोडेर तेस्रो स्थानमा छ।