नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत साविक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्।
शनिबार दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुरको यो दोस्रो बराबरी हो। एक जित र दुई बराबरी खेलेको ललितपुर ५ अंक जोडेको छ।
साविक उपविजेता धनगढीले यसअघि पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४-१ गोलले हराएको थियो।
धनगढी ४ अंक जोड्दै तेस्रो स्थानमा छ।