इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सात साता मैदान बाहिर हुने भएका छन्।
गत आइतबार बर्नमाउथविरूद्धको एफए कप क्वार्टरफाइनल खेलमा चोट लागेपछि उनी दोस्रो हाफमा मैदानबाट बाहिरिन बाध्य भएका थिए।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्ड सात हप्ता मैदान बाहिर रहने पुष्टि गरेका हुन्। सिटीले बर्नमाउथलाई २-१ गोलले हराउँदै सेमिफाइनलमा पुग्दा बराबरी गोल गरेपछि ६१ औं मिनेटमा नर्वेजियन स्ट्राइकर सब्सिच्युट हुन बाध्य भएका थिए।
सामाजिक सञ्जालमा २४ वर्षीय खेलाडी बैशाखीको सहारामा बायाँ गोलीगाँठोमा सुरक्षात्मक बुट लगाएर रंगशाला बाहिर निस्किरहेको भिडियो देखिएको थियो।
प्रशिक्षक ग्वार्डिओलाले टोलीका डाक्टरले पाँचदेखि सात साता मैदान बाहिर राख्नु पर्ने सल्लाह दिएको बताउँदै सिजनको अन्त्य र क्लब विश्वकपमा उनी टोलीमा हुने आसा गरे।
आइतबारको हालान्डले पेनाल्टीसहित दुई ठूला अवसरहरू गुमाएका थिए। ओमर मार्मोसले विजयी गोल गर्नु अघि उनले निको ओ'रेलीको क्रसलाई बराबरी गर्न प्रयोग गरे।
प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनोट हुने कठिन अवस्था तथा काराबाओ कपबाट बाहिरिएपछि सिटीका लागि यस सिजनमा एफए कप सिटीको लागि उपाधि जित्ने अवसर मात्र बाँकी छ।
सिटी पाँचौं प्रिमियर लिगको स्थानमा छ। च्याम्पियन्स लिग स्थानको दौडमा चेल्सीभन्दा एक अंक पछाडि छ।