म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा बर्नमाउनथलाई २-१ गोलले हराएर सिटी अन्तिम चारमा पुगेको हो।
खेलको पहिलो हाफमा बर्नमाउथले इभानिल्सनको गोलबाट अग्रता लियो।
सिटीले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित निकाल्यो।
सिटीका लागि हाल्यान्डले ४९ र ओमार मारमोउसले ६३ मिनेटमा गोल गरे।
अब सेमिफाइनलमा सिटी नटिङघमसँग तथा एस्टन भिल्लाले क्रिस्टल प्यालेससँग खेल्नेछन्।