नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबारको खेल बराबरीमा सकिएको छ।
दशरथ रंगशालामा भएको खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।
पहिलो हाफमा झापाले फिनिसिङमा चुक्दा अग्रता लिन सकेन। आधा दर्जन अवसर पाए पनि झापा फिनिसिङमा चुक्यो भने बुटवलका गोलकिपर दिप कार्की पनि बाधक बने।
दोस्रो हाफमा खेलमा लुम्बिनी दश खेलाडीमा सीमित बन्यो। उसका एरिक विष्टले ७० मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका थिए।
कप्तान एरिकले झापाका इसाएभलाई फल गरेपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाए।
पछिल्लो २० मिनेट दश खेलाडीमा सीमित बनेपछि बुटवलले रक्षात्मक खेलेको थियो।
एनएसएलमा सोमबार एफसी चितवन र पोखरा थन्डर्स एफसीबीच खेल हुनेछ।