नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको तेस्रो संस्करणको पहिलो खेलमा साविक विजेता ललितपुर सिटी एफसीलाई काठमाडौं रेजर्स एफसीले बराबरीमा रोकेको छ।
शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितलपुर र काठमाडौंले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडे।
खेलको छैटौं मिनेटमा काठमाडौंका कमल श्रेष्ठले आत्मघाती गोल गरेपछि ललितपुरले अग्रता लियो।
१५ मिनेटमा ललितपुरका लागि आदित्य शान्यले दोस्रो गोल गरे।
७६ मिनेटमा अमडोउ डिओपले काठमाडौंका लागि पहिलो गोल गरे।
दोस्रो हाफको इन्जुरी समयमा भिसेन्ट कोजिलोले पेनाल्टीमार्फत गोल गर्दा काठमाडौंले हार टार्यो।
लिगमा यो सिजन सात टोलीबीच प्रतिस्पर्ध हुँदैछ। त्यसका लागि सबै टोलीमा विदेशी खेलाडीले प्रभाव पार्ने विश्वास गरिएको छ।