फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग ४-१ ले पराजित भएपछि ब्राजिलले प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेको छ।
छनोटमा १४ मध्ये पाँच खेल हारेपछि ब्राजिल दक्षिण अमेरिकी समूहमा चौथो स्थानमा छ। तर पनि २०२६ को विश्वकपमा छनोट हुन ब्राजिल अझै राम्रो स्थितिमा छ।
ब्राजिलका विभिन्न क्लबहरूको प्रशिक्षक रहिसकेका ६२ वर्षीय प्रशिक्षक जनवरी २०२४ देखि राष्ट्रिय टोलीको जिम्मेवारीमा थिए।
उनको पहिलो खेल गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा वेम्बलीमा इङ्गल्याण्डमाथि १-० को जित थियो। उनले आफ्नो १६ खेलमध्ये सात जित, छ बराबरी र तीन हार बेहोरे।
तर ब्राजिलियन फुटबल कन्फेडेरेसनले अर्जेन्टिनासँग पराजित भएपछि उनको बर्खास्तगीको घोषणा गरको थियो। अर्जेन्टिना भने तीन खेल बाँकी छदै विश्वकपमै पुगिसकेको छ।
‘बोर्डले उनको निरन्तर करिअरमा सफलताको कामना गर्दछ। अब बोर्ड उनको स्थानमा प्रशिक्षक खोज्ने काम गर्नेछ,’ बोर्डको भनाइ छ।