शनिबारदेखि सुरु हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ प्रायोजक एनसेल हुने भएको छ।
बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता भएको हो। ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ।
यस सिजनमा ललितपुरसँगै काठमाडौं, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी, झापा र एफसी चितवन गरी नेपालका सात टोलीले प्रतिस्पर्धा गर्दैछन्।
“एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,” एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने।
शनिबारबाट सुरु भएर वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आवद्ध भई सकेको छ ।