फिफा विश्वकप २०२६ अन्तर्तग दक्षिण अमेरिकी छनोटमा ब्राजिलले रोमाञ्चक जित निकालेको छ।
ब्राजिलले शुक्रबार भएको खेलमा कोलम्बियामाथि २-१ गोलको जित निकाल्यो।
खेलको छैटौं मिनेटमा राफिन्हाले पेनाल्टीबाट गरेको गोलसँगै ब्राजिलले अग्रता लियो।
तर कोलम्बियाका लुइस डियाजले ४१ मिनेटमा बराबरी गोल फर्काए।
बराबरीतर्फ अघि बढेको खेलको दोस्रो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दा ब्राजिलले रोमाञ्चक जित निकाल्यो। उनले ९०+९ मिनेटमा गोल गरेका थिए।
जितसँगै दक्षिण अमेरिकी छनोटको अंक तालिकाको दोस्रो स्थानमा उक्लियो। ब्राजिलको १३ खेलबाट २१ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको अर्जेन्टिनाको २५ अंक छ। अर्जेन्टिनाले शनिबार विहान उरुग्वेसँग खेल्दैछ।