युइएफए नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा जर्मनीले इटालीलाई २-१ गोलले हराएको छ।
इटालीले खेलको नवौं मिनेटमा टोनालीको गोलबाट घरेलु मैदानमा अग्रता लियो।
तर जर्मनीका लागि क्लेइनडेइन्ट्सले ४९ र गोरेज्काले ७६ मिनेटमा गोल गर्न सफल भए।
यता नेदरल्यान्ड्स र स्पेनले २-२ गोलको बरा बरी खेले। खेलको नवौ मिनेटमा निको विलियम्सको गोलबाट स्पेनले अग्रता लियो। २८ मिनेटमा नेदरल्यान्डका गाप्कोले बराबरी गोल गरे।
४६ मिनेटमा राइजेन्डर्सले नेदरल्यान्ड्सका लागि दोस्रो गोल गरे। ८१ मिनेटमा हाटोले रातो कार्ड पाउँदा नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बन्यो। त्यसपछि स्पेनका मिकेल मारिनोले ९०+३ मिनेटमा बराबरी गोल गरे।
यता फ्रान्सलाई क्रोएसियाले २-० गोल र पोर्चुगललाई डेनमार्कले १-० गोलले हराएका छन्।