झापा एफसीले अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरो लाई अनुबन्ध गरेको छ।
युरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजनको फुटबल लिग खेलिसकेका खेलाडी हुन्।
विशेषगरी स्विडेनको पहिलो डिभिजनमा उनले लामो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।
उनले स्विडेनको प्रतिष्ठित क्लब ओस्टरसुन्ड एफके बाट खेल्दै यूईएफए यूरोपा लिगमा समेत गोल गरेका छन्।
सैगरी उनले नाइजेरियाको यू-२० राष्ट्रिय टोली साथै नाइजेरिया राष्ट्रिय टोली बट समेत खेल्ने अवसर पाएका थिए।
गेरोको अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा नयाँ प्रेरणा र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक भावना ल्याउने महासचिव सुजन गौतमको भनाइ छ।
उनको आगमनले झापा एफसी मात्र नभई समग्र नेपाली फुटबललाई पनि बलियो बनाउन योगदान दिने गौतमले विश्वास गरे।
यो सिजनको नेपाल सुपर लिग चैत १६ देखि दशरथ रंशगालामा हुनेछ भने सात टोलीले प्रतिस्पर्धा गर्नेछन्।