स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरूद्ध उत्कृष्ट पुनारागमन गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको छ।
आइतबार एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले ४-२ गोलको जित निकाल्यो।
खेलको ७२ मिनेटसम्म बार्सिलोना २-० गोलले पछि परेको स्थिति थियो। बार्सिलोनाविरूद्ध एट्लेटिकोका अल्भारेजले ४५ मिनेट र सोर्लोथले ७० मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाका लागि लेवान्डोवस्कीले ७२ मिनेटमा गोल गरे। ७८ मिनेटमा फेरान टोरेसले बराबरी गो गर्न सफल भए।
बार्सिलोनाले इन्जुरी समयमा थप दुई गोल गर्दै उत्कृष्ट पुनारागमन गर्यो। बार्सिलोनाका लागि लमिन यमलले ९०+२ मिनेटमा तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। टोरेसले ९०+८ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे।
जितसँगै बार्सिलोना अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लियो। बार्सिलोनाको २७ खेलबाट ६० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको रिलय म्याड्रिड २८ खेलबाट ६० अंक छ। एट्लेटिको २८ खेलबाट ५६ अंक जोड्दै तेस्रो स्थानमा छ।