इंग्लिस प्रिमियर लिगमा चेल्समाथि आर्सनलले जित निकालेको छ।
आर्सनलले चेल्सीलाई १-० गोलले हरायो। घरेलु मैदानमा भएको खेलमा आर्सनलका लगि मिकेल मेरिनोले २० मिनेटमा गरेको गोल निर्णायक भयो।
यता लेस्टर सिटीमाथि म्यानचेस्टर युनाइटेडले ३-० गोलको जित निकाल्यो। युनाइटेडका लागि होजलन्डले २८, गार्नाचोले ६७ र ब्रुनो फर्नान्डेज ९० मिनेटमा गोल गरे। यता फुलहमले टोटेनहमलाई २-० गोलले हरायो।
लिगको अंक तालिकामा लिभरपुल २९ खेलबाट ७० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको ५८ र तेस्रो स्थानको नटिङघमको ५४ अंक छ।
चेल्सी ४९ अंकसहित चौथो र म्यानचेस्टर सिटी ४८ अंक जोडेर पाँचौ स्थानमा छन्। युनाइटेड भने ३७ अंकसहित १३औं स्थानमा छ।