लिभरपुललाई पराजित गर्दै न्यृकासलले कारबाओ कपको उपाधि उचालेको छ।
गएराति विम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा लिभरपलुलाई २-१ गोलले पराजित गर्दै न्यूकासलले उपाधि जितेको हो।
न्यूकासलका लागि डान बर्नले ४५ मिनेटमा गोल गरे। ५२ मिनेटमा अलेक्जेन्डर इशाकले गोल गरे। निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको चौथो मिनेटमा लिभरपुलका फेडेरिको चियसाले एक गोल फर्काए पनि न्यूकासललाई रोक्न सकेन।
न्यूकासलले ७० वर्षपछि घरेलु ट्रफी जितेको हो। उसले सन् १९६९ यताकै मुख्यमध्येको पहिलो उपाधि जितेको हो।