इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्राइटनसँग बराबरी खेलेको छ।
जारी सिजनमा खराब लयबाट गुज्रिरहेको सिटीले गएराति घरेलु मैदान इतिहाडमा ब्राइटनसँग २-२ गोलको बराबरी खेलेको हो।
एर्लिङ हालाण्डले पेनाल्टीमार्फत गोल गरेपछि ११ औं मिनेटमा सिटीले अग्रता लिएको थियो। २१ मिनेटमा ब्राइटनका पेर्विस स्टुपिनानले बराबरी गोल फर्काए।
३९ मिनेटमा ओमर मार्मुसले गोल गरी २-१ को अवस्थामा पुर्याए। ४८ मिनेटमा सिटीकै अब्दुकोदिर खुशानोभले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको हो।
दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि सिटीले ब्राइटनसँग अंक बाडेको हो।
सिटी अंक तालिकाको पाँचौं र ब्राइटन सातौं स्थानमा छ।
गएराति नै भएको खेलमा बर्नेमाउथलाई ब्रेन्टफोर्डले २-१ गोलले, साउथह्याप्टनलाई वुल्भ्सले २-१ गोलले, इप्सविच टाउनलाई नटिंघम फरेस्टले ४-२ गोलले पराजित गरेको थियो। एभरटन र वेस्टह्यामले भने १-१ गोलको बराबरी खेले ।