उज्वेकिस्तानका आक्रामक मिडफिल्डर मुहमद इसाएभले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
उनलाई झापा एफसीले टोलीमा भित्र्याएको हो। उनीसँग उज्वेकिस्तान, ताजकिस्तान र इन्डोनेसियाको शीर्ष डिभिजनको फुटबल लिग खेलेको अनुभव छ।
यससँगै झापामा उज्वेकिस्तानका दोस्रो खेलाडी भित्रिएका छन्। यसअघि झापाले उज्वेकिस्तानका डिफेन्डर अजामत अब्दुबलेभ आबद्ध भएका थिए।
यसअघि झापाले सर्वियाका लाजर अर्सिकलाई टोलीमा भित्र्एको थियो। उनी पनि आक्रामक मिडफिल्डर हुन्। उनले सर्वियासहित, दक्षिण कोरिया, चीन, लेवनान र हंगेरीमा व्यावसायिक खेल खेलेको झापाको भनाइ छ।
झापामा नेपाली भाषी अमेरिकी खेलाडी प्रवीण बस्नेत पनि आबद्ध छन्।
यो सिजनको एनएसएल आगामी मार्च २९ देखि दशरथ रंगशालामा सुरु हुँदैछ। लिगमा सात टोलीबीच प्रतिस्पर्धा हुनेछ।