रियल म्याड्रिडले रायो भालेकानोलाई पराजित गरेको छ।
स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा रियलले भालेकानोलाई २-१ गोलले पराजित गरेको हो।
सान्टियागो बर्नाबेउमा ३० मिनेटमा केलियन एम्बाप्पेले रियललाई सुरूवाती अग्रता दिलाए। त्यसको चार मिनेटमै भिनिसियस जुनियरले गोल गर्दै अग्रत दोब्बर पारे।
पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा भालेकानोका पेड्रो डियाजले गोल गरे।
दोस्रो हाफमा दुवैतर्फबाट गोल नभएपछि रियल विजयी भएको हो।
विजयी भएसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले २७ खेलबाट १७ जित निकाल्दै ५७ अंक जोडेको छ।
रियलले शीर्षस्थानमा रहेको बार्सिलोनासँग समान अंक बनाएको छ। गोल अन्तरको आधारमा बार्सिलोना शीर्षस्थानमा कायम छ। यद्यपि उसले एक खेल कम खेलेको छ।
बार्सिलोनाले २७ औं खेल ओसासुनासँग खेल्नेछ।
भालेकानो ३६ अंकसहित आठौं स्थानमा छ।
गएराति नै भएका खेलहरूमा सेभिलाले रियल सोसिडाडलाई १-० गोलले पराजित गर्यो। एथ्लेटिक क्लब र मालोर्काले १-१ को बराबरी खेले भने रियल बेटिसले लस पालमसलाई १-० गोलले पराजित गर्यो।
एथ्लेटिको म्याड्रिय गेटाफेसँग १-२ गोलले पराजित हुँदा तालिकाबाट तेस्रो स्थानमा झरेको छ। उसको ५६ अंक छ। रियलले एथ्लेटिकोलाई उछिनेर दोस्रो स्थानमा चढेको हो।