म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन्।
इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलममा युनाइटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका हुन्।
वर्ल्ड ट्राफोर्डमा पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डिजले गोल गर्दै युनाइटेडलाई सुरूवाती अग्रता दिलाएका थिए।
७४ मिनेटमा आर्सनलका डेक्लन राइसले बराबरी गोल फर्काए।
त्यसपछि दुवै तर्फबाट गोल नभएपछि युनाइटेड र आर्सनलले अंक बाडेका हुन्।
आर्सनल ५५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। युनाइटेड ३४ अंकसहित १४ औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा लेस्टरलाई हराउँदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ।
स्टाम्फोर्ड ब्रिजमा लेस्टरविरूद्ध मार्क कुकुरेलाले ६० औं मिनेटमा निर्णायक गोल गरे।
चेल्सी चौथो स्थानमा उक्लिएपछि म्यानचेस्टर सिटी पाचौं स्थानमा झरेको छ।
गएराति नै टोटनहमले बर्नेमाउथसँग २-२ गोल र वूल्भ्सले एभरटनसँग १-१ गोलको बराबरी खेले।