दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ।
शुक्रबार रंगशालामा सुरू भएको दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको उद्घाटन सत्रमा टिकटक स्टार प्रिन्सी-प्रिज्माले नृत्य प्रस्तुत गरेका छन् भने सुशान्त केसीले गीत गाएका छन्।
यस्तै, उद्घाटनमा रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद सोबिता गौतम समेत पुगेकी छिन्।
आज भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टिम इलाम एफसीबीच खेल भइरहेको छ।
प्रतियोगिताको सबै खेल दशरथ रंगशालामा हुनेछन्। रंगशालाका प्रवेशका लागि दुई सय र चार सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।
प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् भने टिममा पाँच विदेशी खेलाडी राख्न पाइने नियम छ। यस्तै कतिपय टिमले विदेशी प्रशिक्षक समेत भित्र्याएका छन्।
एनएसएलमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्। सबै टिमले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन्।
२०७७ सालमा भएको सिजनमा काठमाडौं रेजर्स च्याम्पियन भएको थियो।
हेर्नुहोस् तस्बिरहरू: