इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
गएराति इमिरेट्समाय घरेलु टोली आर्सनलले साविक विजेता सिटीलाई १-० गोलले हराएको हो।
खेलको ८६ औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले काइ हभार्ट्जको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट गोल गरेका थिए।
मार्टिनेलीको गोलसँगै प्रिमियर लिगको इतिहासमा ८ वर्षपछि आर्सनलले सिटीलाई हराएको हो।
सिटी र आर्सनलबीच भएको पछिल्ला १५ भेटमा १२ खेल सिटीले जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ।
सिटीको व्यवस्थापकमा पेप ग्वार्डिओला आएयता आर्सनल लिगका पछिल्ला १२ खेलमा पराजित रहेको थियो ।
जितसँगै आर्सनल २० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले लिगको तालिकाको शीर्ष स्थानमा रहेको टोटनहमसँग बराबरी गरेको छ।
तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १८ अंक छ।