साफ यु-१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ।
बुधबार काठमाडौंको दशरथ रंगशालामा भएको भारतविरूद्धको सेमिफाइनलमा नेपाल पराजित भएको हो।
पहिलो हाफमा २६औं मिनेटमा भारतका साहिल खुर्शिदले गोल गरेका थिए। दोस्रो हाफमा ७४औं मिनेटमा नेपालका समिर तामाङले गोल फर्काएका थिए।
अतिरिक्त समयमा पनि बराबरीमा खेल सकिएपछि फाइनलमा जाने टोली निर्धारण गर्न पेनाल्टी शुटआउट गरिएको थियो। जसबाट भारतीय टोली फाइनलमा प्रवेश गरेको हो।
भारतले तीन गोल हानेको थियो। दुई बल नेपाली किपरले छेके। यस्तै नेपालले दुई गोल गर्दा भारतीय किपरले तीन बल छेकेका थिए।
अब भारतले फाइनलमा पाकिस्तानसँग भिड्नेछ। पाकिस्तानले बुधबार नै भएको खेलमा भुटानलाई पराजित गरेको थियो। पाकिस्तानले पनि भुटानलाई पेनाल्टी शुटआउटमै पराजित गरेको थियो। पाकिस्तानले ६ गोल र भुटानले ५ गोल हानेको थियो।
तस्बिरहरू: