झापालाई हराउँदै थ्रिस्टार उदयपुर गोल्डकपको फाइनलमा


थ्रीस्टार क्लव उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

गाईघाटस्थित थरुहट रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा झापा ११ लाई ० बिरुद्ध १ गोलले हराउँदै थ्रिस्टार उपाधि नजिक पुगेको हो।

सुरूवातीदेखि नै खेलमा हाबी देखिएको थ्रिस्टार र झापाले पहिलो हाफ गोलरहित बराबरी खेले। खेलको ६२ औं मिनेटमा थ्रिस्टारका लागि विदेशी खेलाडी अजय मार्टिनले हेडिङबाट गोल गर्दै खेलमा अग्रता दिलाए।

दुबै समूहले गोल गर्ने प्रशस्त अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। घरेलु दर्शकको व्यापक साथ पाएको झापा खेलअवधिभर निकै आक्रमक देखियो। तर गोल फर्काउन सकेन। अन्ततः मार्टिनको गोल नै निर्णायक भयो र झापा प्रतियोगिताबाट बाहरियो।

खेलको म्यान अफ दि म्याच थ्रिस्टारका डिफेण्डर पिटर सेगुन भए।

थ्रिस्टारले अब भोलि हुने सुनसरी ११ र मनाङ मर्स्याङदी क्लबको विजेता सँग शनिवार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.