नवौँ फाल्गुनन्द गोल्डकप सुरु, सुनसरीको विजयी सुरुवात


नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुक्रवार फिदिममा सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी ११ ३–० गोल अन्तरले विजयी भएको छ । सुनसरी ११ ले ब्वाइज युनियन काठमाण्डौँलाई पराजित गरेको हो ।

सुनसरीका लागि खेलको तेश्रो मिनेट र ३३ औँ मिनेटमा तिर्थ बस्नेतले गोल गरे । यस्तै दोश्रो हाफको २० औँ मिनेटमा सुनसरीका लागि साजन याख्खाले तेश्रो गोल गर्दै विजय सुनिश्चित गरे ।

प्रतियोगिताको म्यान अफ दी म्याच २ गोल गरेका सुनसरीका बस्नेत घोषित भए । प्रतियोगिता अन्तर्गत शनिवार विर्तामोड युनाइटेड झापा र मिसन युनाइटेड ताप्लेजुङवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.